उदयपुर : उदयपुरमा विवाहको जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना जन्ती घाइते भएका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो ।
जन्ती बोकेको ना ३ ख ७४९० नम्बरको टिपर मदन भण्डारी लोकमार्ग सिन्धुलीको दुधौली नगरपालिका ५ सिथौली र खनिया खण्डको तेश्रो पुलमा पल्टिदा दुईको मृत्यु भएको हो । अन्य २४ जना जन्ती घाइते भएका छन् ।
मृत्यु हुने तथा घाइते सबै उदयपुरको कटारी नगरपालिकाको रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमले जानकारी दिए ।
गौतमका अनुसार छिमेकी जिल्ला सिन्धुलीको बाणेगाउँबाट बेहुला–बेहुली लिएर कटारीतर्फ आउँदै गरेको टिपर दुर्घटनामा परेको हो ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post