धरान : काठमाण्डौँको विशाल–मिलन केन्द्र धरानमा जारी छैठौँ हराईजन राष्ट्रिय बास्केटबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरानस्थित हराईजन क्लबको कोर्टमा आइतबार (आज) भएकोे खेलमा विराटनगर बास्केटबल क्लबलाई ९८ का बिरुद्ध ८३ स्कोरले पराजित गर्दै काठमाण्डौँले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो र दोस्रो क्वाटरमा उत्कृष्ट प्रदर्शन गरेको विराटनगरले तेस्रो र अन्तिम क्वाटरमा सम्हालिन नसक्दा क्वाटरफाइनलबाटै बाहिरिनुपरेको हो । आजको खेलमा विशाल–मिलन केन्द्रका दिप्सन केसी म्यान अफ द म्याच घोषित भए ।
उनले सर्वाधिक ३१ अंक जोडेका थिए । सोमबारको खेल ब्रदर्श क्लब धरान र रोयल्स एकेडेमी काठमाण्डौँबीच हुने आयोजकले जनाएको छ ।
चैत ११ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद एक लाख ११ हजार रुपैँया नगद पुरस्कार पाउनेछ भने उपबिजेताले ५५ हजार रुपैँया पाउने आयोजकले जनाएको छ ।














Discussion about this post