इटहरी : मोरङको लेटाङमा कर्फ्यु आदेश जारी गरिएको छ । मोरङको लेटाङ ५ खेरुवामा रहेको शिक्षा विकास माबिका एक शिक्षकले १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि कर्फ्यु आदेश जारी गरिएको हो ।
होली खेल्ने क्रममा घरमा आएका सामाजिक शिक्षा विषयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले आफूलाई यौनदुर्व्यवहार गरेको कक्षा ६ मा पढ्ने १२ वर्षीया छात्राले बताएकी थिइन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सोमबार (आज) बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।

अहिले स्थिति नियन्त्रणमा आएकाले घटनाबारे सुक्ष्म अनुसन्धान सुरु गरिएको उनले बताए ।
घटनाबारे शिक्षक र अभिभावक सहितको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको थियो ।
आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो ।












Discussion about this post