इटहरी (डेस्क) : सुनसरीको रामधुनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा वडासचिवको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा रामधुनी नगरपालिका वडा नं. ६ मा कार्यरत वडासचिव नन्दकुमार श्रेष्ठ रहेका छन् ।
बुधबार (आज) बिहान करीब १०ः४० बजे वडा कार्यालय जाने क्रममा रामधुनी ६ आदर्श टोलस्थित भित्री सडकखण्डमा को २४ प ९४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा वडासचिव श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post