विराटनगर : विराटनगरको नोबेल अस्पतालका चिकित्सक मृत भेटिएका छन् ।
विराटनगर महानगरपालिका ४ स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक २७ वर्षीय विजय यादव आज (शनिबार) बिहान मृत भेटिएका हुन् । घटना शंकास्पद रहेकाले अनुसन्धान गर्न आफन्तले माग गरेका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ घर भएका यादव नोबेल अस्पतालको हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत थिए । उनी विगत ४ वर्षदेखि विराटनगर ४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलमा कोठा भाडामा लिएर डेरा बस्दै आएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा. यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार डेरा बसेको घरको कम्पाउण्डभित्र चिकित्सक मृत फेला परेको जानकारी आउनसाथ अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।














Discussion about this post