इटहरी : इटहरी १८ नयाँ टोलस्थित कान्छीचोक–चतरा सडकखण्डमा सवारी दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया मेहरुन खातुन रहेकी छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज बिहान कान्छीचोकबाट चतरातर्फ बिद्यार्थी लिन जाँदै गरेको को १ क १८६६ नम्बरको बेबिलोन सेकेन्डरी बोर्डिङ स्कुलको बसले पैदल हिँडिरहेकी खातुनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटिई कानूनी प्रकृया पुरा गरेको प्रहरीले जनाएको छ ।
तत्काल फरार रहेका सवारी चालक मोरङ सुन्दरहरैँचा ६ का ३६ वर्षीय प्रेम कुमार सार्कीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो पनि – इटहरीमा बेबिलोन बोर्डिङ स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु














Discussion about this post