इटहरी : तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा इटहरीका एक युवकको मृत्यु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका २ टंकीसिनवारीमा मोटरसाकल दुर्घटना हुदा इटहरीको खनारका २२ वर्षीय अनिष कार्कीको मृत्यु भएको हो ।
को १७ प ७६७२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका कार्कीको विराट मेडिकल कलेजमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post