इटहरी : पछिल्लो समय आर्थिक अवस्था संकटग्रस्त भएकाले बैंकको ब्याज तिर्न नसकेका व्यवसायीलाई दबाब नदिन उद्योग बाणिज्य संघ इटहरीले आग्रह गरेको छ ।
संघका महासचिव पीताम्बर पोखरेलले कोभिड १९ महामारीबाट थलिएका उद्योगी ब्यवसायीहरू वर्तमान समयको आर्थिक मन्दिका कारण तरलता अभाव एवम् ब्यापार घाटाबाट पीडित भइरहेकाले बैंकको ब्याज तिर्न नसकेमा दबाब नदिन आग्रह गरिएको बताए ।
“वर्तमान अवस्थामा बैंक तथा बित्तीय संस्था बच्ने मात्रै भन्दापनि व्यवसायी बच्नुपर्छ भन्ने उदेश्य हो,” पोखरेलले भने, “चालू पुँजीलाई निरन्तरता दिई व्यवसायको दैनिक आर्थिक गतिविधिलाई समेट्दै व्यवसाय सहज रूपमा सन्चालन गर्न पाउनुपर्छ ।”
उनले चैत मसान्त सम्ममा व्यवसायीले बैंकलाई तिर्नुपर्ने ब्याज तथा किस्ता तिर्न नसकेमा उद्योगी व्यवसायीलाई अनावश्यक दाबाव नदिनका लागि सबै बैंकहरूलाई अपिल गरिएको छ ।
इटहरीका सबै बैंक तथा बित्तीय संस्थाहरूलाई आज (बुधबार) पत्राचार गर्दै व्यवसायीको हितमा काम गर्न आग्रह गरिएको उनले बताए ।
उवासंघ इटहरी सधैं व्यवसायीको पक्षमा रहेको बताउँदै बैंकले दबाब दिए खबर गर्न उनको अपिल छ । 














Discussion about this post