धरान : धरान–भेडेटार सडक खण्डको घुम्तीमा आज (शुक्रबार) बस र टेम्पो जुध्दा टेम्पो चालकको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार धरानबाट भेडेटारतिर जाँदै गरेको को १ ख ४४८० नम्बरको बस र भेडेटारबाट धरानतर्फ आउँदै गरेको २ ह ७०४१ नम्बरको टेम्पो घुम्तीमा जुध्दा टेम्पो चालक धरान १७ बस्ने ४० वर्षीय खड्गबहादुर बिकको मृत्यु भएको हो ।
टेम्पोमा सवार ताप्लेजुङ लिङखिम बस्ने १५ वर्षीया उषा लिम्बू घाइते भएकी छन् ।
घाइते लिम्बूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रहरीले बस चालक गोविन्दबहादुर कटुवाललाई बससहित नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ ।














Discussion about this post