इटहरी : इटहरीमा रहेको सामुदायिक हस्पिटलले विशेषज्ञसहितको सेवा थप गरेको छ ।
हस्पिटलका अध्यक्ष टंक दुलालका अनुसार २४ घण्टै आकस्मिक सेवासहित विशेषज्ञ डाक्टरहरूको सेवा थप गरेको हो ।
२ महिना अघिबाट अस्पतालले काठमाण्डौको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र धरानको वस्पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिसकेका डाक्टरहरूबाट सेवा सञ्चालन गरिरहेको दुलालले बताए ।
२०५६ सालमा इटहरी तथा आसपासका क्षेत्रका बिरामीहरू उपचारका लागि रातको समयमा समेत धरान र विराटनगर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै २५ जनाको अग्रसरतामा स्थापना भएको सामुदायिक अस्पताल स्थापना गरेर सेवा दिँदै आएकोमा हाल आफ्नै भवन र विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट सेवा उपलव्ध भएको उनको दाबी छ ।
हस्पिटलमा हाडजोर्नीसम्बन्धि विशेषज्ञ सेवा, स्त्री रोग सम्बन्धि तथा अन्य विभिन्न रोगसम्बन्धि जुनसुकै समयमा सेवा लिन सकिने हस्पिटलका मेडिकल सुपरिटेन्ड डा. डिल्ली रिजालले बताए ।
उनका अनुसार पारिवारिक वातावरणमा बिरामीको उपचार गरिनेछ ।














Discussion about this post