पाँचथर : पाँचथरको फिदिम नगरपालिका १ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ६५ वर्षीय गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी राकेश थापाका अनुसार सोमबार (आज) बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो ।
सो क्रममा उनी पुरिएका थिए । स्थानीय मदन पन्धाकको घडेरीमा घर बनाउन पूजा गर्नेक्रममा ढुंगानको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शवलाई पोस्टमार्टका लागि जिल्ला अस्पताल पाँचथर लैजाने तयारी भइरहेको डीएसपी थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post