इटहरी : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अहिले गठबन्धनको कुरा उठिरहेको बेला इटहरीमा भने कांग्रेसकै नेतृत्वमा चुनाव हुने कांग्रेस इटहरी नगरसभापति हेमकर्ण पौडेलले बताएका छन् ।
पछिल्लो समय सामाजिक सन्जाल र विभिन्न मिडियामा प्रकाशित नेकपा एकीकृत समाजवादी पार्टी (एस) ले मेयर र कांग्रेसले उपमेयर पाउने भन्ने समाचारबारे सत्यता नरहेको उनके बताए ।
सामाजिक सन्जालमा टिकाटिप्पणी भइरहेका बेला कांग्रेसकै नेतृत्वमा चुनाव हुने उनको दाबी छ ।
“अहिले गठबन्धनको कुरा उठिरहेको बेला हामीले कांग्रेसकै नेतृत्वमा इटहरीमा चुनाव गर्नेगरी तयारी गरिरहेका छौं,” उनले टाकुरासँग भने, “गठबन्धनको कुरा त छदैछ तर इटहरीमा कांग्रेसकै नेतृत्वमा चुनाव हुन्छ ।”
उनले कार्यकर्तालाई अहिले हल्लाको पछि नलाग्न सुझाव दिए ।
अहिलेसम्म आएको खबरमा आफूहरूको कुनै सहमति नभएको र नेकपा एसलाई मेयर दिने कुरामा सहमति नभएको उनले बताए ।
यसअघि एकीकृत समाजवादीले इटहरी उपमहानगरपालिका, हेटौँडा उपमहानगरपालिका र वुटवल वा तुलसीपुर उपमहानगरमध्ये एक उपमहानगर दाबी गरेका हुन् ।














Discussion about this post