धरानमा एकजना युवकले दुईजनामाथि खुकुरी प्रहार गरेका छन् ।
र्इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार धरान ३ का विजय तामाङले खुकुरीले प्रहार गर्दा सोही स्थानका २५ वर्षीय उत्तम तामाङ र २४ वर्षीय सन्दीप तामाङ घाइते बनेका छन् ।
मोबाइल ज्याकेटी राखेको विषयमा भएको विवादका कारण विजयले दुई युवामाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न विजयलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
Discussion about this post