रामधुनी : सुनसरीको रामधुनी नगरपालिका २ मा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
बुधवार राति पौने ८ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ हसनपुरस्थित नहरको पुलबाट खस्दा मोटरसाइकल चालक रामधुनी ८ का ४३ वर्षीय ध्रुवकुमार चौधरीको मृत्यु भएको हो ।
नहरमा खसेर बेपत्ता भएका उनको इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा नहरमा खसेको मोटरसाइकलसहित मृत अवस्थामा फेला पारेको थियो ।
नहरमा खसेर मृत फेला परेका चौधरीको कानूनी प्रकृया पूरा गरी शव परीक्षणको लागि धरानस्थित वीपी प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post