विराटनगर : विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उनीहरूले बिहीबार पदबाट राजीनामा दिएका हुन् ।
पुनः निर्वाचनमा उमेद्वार दिनका लागि चारजना वडाध्यक्षसहित १३ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १० का वडाध्यक्ष माधवराज वाग्ले, १४ का वडाध्यक्ष वलदेव यादव, १९ का वडाध्यक्ष बद्रीनारायण सरदार रहेका छन् ।
यस्तै, सदस्यहरूमा विजय दाहाल, केवलराय अमात, राधादेवी पासवान, राजनन्द महतो, नागेश्वर राजवंशी, सम्झना भुजेल, विनादेवी सरदार, जितेन्द्र खवास, विनादेवी मण्डल धानुक रहेका छन् ।
विराटनगर महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरू सहित ९७ जनप्रतिनिधि छन् ।














Discussion about this post