इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका ४ पिडारीस्थित चतरा–झुम्का सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार चतराबाट झुम्कातर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९५०४ नम्बरको बस अनियन्त्रित भइ नहरको पिडारी पुलमा ठक्कर भएको थियो ।
दुर्घटनामा बराहक्षेत्र नगरपालिका १ चतराका ४० वर्षीय सरोज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, घाइते १० जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रहरीले बस चालक बराहक्षेत्र १ चतराका २५ वर्षीय सनम श्रेष्ठलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।














Discussion about this post