तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका ४ वसन्तपुरबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टुटेदेउरालीका ३० वर्षीय राम गुरुङ रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुरुङले ना ४ ख ९२१० नम्बरको यात्रुबाहक बसको बनोटमा लुकाइछिपाई राखेको एक ग्राम चार सय ४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
पक्राउ परेका गुरुङमाथि जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुससन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post