विराटनगर : विराटनगर महानगरपालिका ६ बाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ का २२ वर्षीय मोहमद जुमन, विराटनगर ११ का ३४ वर्षीय मोहमद अन्सारुल र विराटनगर १२ का २२ वर्षीय पवन रवि दास रहेका छन् ।
वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर ६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी को २ ह ३६१० नम्बरको अटो टेम्पोमा लादै गरेको अवस्थामा तीनै जनालाई सामानसहित पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पक्राउ परेकामाथि अनुसन्धान गर्दा त्यसअघि नै उनीहरुले विराटनगर १ ह ००९३ र को १ ह ७८१८ नम्बरको सिटी सफारी चोरी गरेको पुष्टि भएको छ ।
पक्राउ परेकमाथि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post