इटहरी : सुनसरीको कोशी गाउँपालिका ३ मा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २६ वर्षीय पुरुष रहेका छन् ।
उनको पहिचान खुलेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ४ ख ६८ ४० नम्बरको बसले को ५ प ४००४ नम्बरको मोटरसाइकललाई गएराति साढे १० बजे ठक्कर दिएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post