इटहरी : स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर १ का प्रमुख सीमा नाका ‘सिल’ गरिएको छ ।
नाका सिल गरिएसँगै भारतबाट नेपाल र नेपालबाट भारततर्फ आउजाउ बन्द भएको छ । मालवाहक सवारीसाधनको आवागमन पनि आज बिहानैबाट बन्द भएको छ ।
प्रशासनले जिल्लाभर मदिराको बिक्री–वितरण, ओसारपसार र प्रयोगमा समेत रोक लगाएको छ ।
विराटनगरको जोगबनी नाका बिहानैदेखि बन्द गरिएको छ । भन्सार क्षेत्र भएर हुने मालवाहक सवारीसाधनको आउजाउ बन्द भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
मोरङको ६३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्रमा २६ वटा नाका छन् । साना नाकाबाट हुने मानिसको आउजाउ समेत पूर्ण रूपमा बन्द भएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी शुक्रबार राति १२ बजेसम्म सीमा नाका बन्द गरिएको जनाएको छ ।












Discussion about this post