इलाम : इलाम नगरपालिका ९ गोलाखर्क भञ्ज्याङस्थित सडकमा ना ४ ख ५६६९ नम्बरको ट्रकले मे १ प ६२४४ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका ९ मा डेरा गरी बस्ने पाँचथर याङरूप गाउँपालिका ४ घर भएका ३५ वर्षीय धनबहादुर राई रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इलामतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post