इटहरी : इटहरीमा छात्रालाई बलात्कार गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
सात वर्षअघि ब्लुमिङ लोटस इङलिस स्कुलमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज खड्कालाई प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टिमले लुकिछिपी बस्दै आएका ३६ वर्षीय खड्कालाई पक्राउ गरेको हो ।
उनलाई आजै जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएर अदालत उपस्थित गराइने सीआईबीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
खड्का विरुद्ध छात्राले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिइएकी थिइन् । प्रहरीले समेत आवश्यक अनुसन्धान सकेर सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेपनि खड्का भने फरार थिए ।
उनी विरुद्धको मुद्दा हाल मुल्तबीमा रहेको कारण उनलाई आजै सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने जनाइएको छ ।
१५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा होस्टेलमा बसेका बेला आफूमाथि प्रिन्सिपलले बलात्कार गरेको पीडितको भनाइ छ । यसअघि प्रिन्सिपलको तस्वीरसमेत सार्वजनिक गरेकी थिइन् ।
युवतीका अनुसार पहिलो पटक प्रिन्सिपलले एउटा होटेलमा लगेर उनलाई बलात्कार गरेका थिए । त्यसपछि त्यसको भिडियो बनाएर ब्ल्याक मेल गर्न थाले ।
पीडित भन्छिन्, ‘यो क्रम मेरो एसईई सम्म २ वर्ष सम्म जारी रह्यो । बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्यो ।’
उनले आफूमाथि भएको शोषणका विषयमा सुरुमा साथीहरूलाई सुनाउँदा पनि विश्वास नगरेको बताएकी छन् । स्कुलमै तीन पटक आत्महत्या प्रयास समेत गरेको उनको भनाइ छ ।
यो पनि – इटहरीमा प्रिन्सिपलले दुई वर्षसम्म विद्यार्थी बलात्कार गरेको घटना यसरी बाहिरियो














Discussion about this post