इटहरी (डेस्क) : धनकुटा र मोरङको दुई छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आज (बुधबार) बिहानको राति २ बजेको समयमा धनकुटा नगरपालिका ६ मा धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भइ दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खाँदबारी नगरपालिका १० संखुवासभा घर भइ धनकुटा नगरपालिका ६ मा डेरा गरी बस्ने २४ वर्षीय पुरन राई रहेका छन् ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका १० मा को ३९ प ७८९५ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय ८५ वर्षीय मुसा यादवको मृत्यु भएको छ ।
दुर्घटनाबाट घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post