इटहरी : इटहरी उपमहानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमालेका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित भएकालाई शनिबार सपथग्रहण गरिएको छ । एमालेबाट निर्विरोध निर्वाचित कार्यपालिकाका आठ जना सदस्यलाई मेयर हेमकर्ण पौडेलले सपथग्रहण गराएका हुन्।
यहाँ अरु दलबाट उम्मेदवारी दर्ता नगरेपछि स्वतः एमालेका उम्मेदवार निर्विरोध विजयी भएका हुन् ।
इटहरी उपमहानगरपालिका कार्यपालिकामा सदस्यमा दलित तथा अल्पसंख्यक कोटाबाट प्रमोद शेर्पा, भीमादेवी राई र मनबहादुर विश्वकर्मा विजयी भएका छन् ।
यस्तै, महिला कोटामा राधिका विश्वकर्मा पौडेली, दीपा राई, भीमाकुमारी तुम्बाहाम्फे, विन्दा केसी र तारादेवी ढकाल विजयी भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
इटहरी उपमहानगरपालिकामा मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एमालेका तर्फबाट संगीता चौधरी निर्वाचित भएकी छन् ।














Discussion about this post