तेह्रथुम : तेह्रथुमको लालीगुँरास नगरपालिका ९ बाट चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ११ घर बताउने ३५ वर्षीय रोशन तामाङ रहेका छन् ।
तामाङले जेष्ठ २५ गते बुधबार दिउँसो फेदाप गाउँपालिका २ तेह्रथुमका प्रेमप्रसाद भट्टराईको घरमा कोही नभएको मौका पारेर घरको ढोका फोडी कोठाभित्र राखेको सुनका गरगहनाहरू ५ तोला, ५ आना र नगद १ हजार रुपैयाँ चोरी गरेका थिए ।
चोरी भएको सूचना पाएलगत्तै प्रहरी चौकी योयाक्जुङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा लालिगुराँस नगरपालिका ९ काँडेमा लुकिछिपी बसेको अवस्थमा चोरी भएका सम्पुर्ण गरगहना र नगदसहित तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङमाथि जिल्ला अदातल तेह्रथुमबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।












Discussion about this post