पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका ६ लिम्बाका ७१ वर्षीय रिंकनाथ आङबुहाङको भीरबाट लडेर मृत्यु भएको छ ।
घरबाट स्थानीय कन्याटार बजार गएका उनी नआएपछि खोजतलास गर्ने क्रममा उनको शव भीरबाट लडेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय रविले जानकारी दिएको छ ।
आङबुहाङको शव पोष्टमार्टमका लागि आधारभूत अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post