इलाम : इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा फिक्कलबाट झापातर्फ आउदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मे १ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १५० मिटर तल झरेर दुर्घटना हुँदा ट्याक्टर चालक इलामको सूर्योदय नगरपालिका १२ का २९ वर्षीय सागर प्रधानको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post