विराटनगर : विराटनगर महानगरपालिका १४ स्थित रानी–विराटनगर सडकखण्डमा अन टेस्ट बुलेट मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मंगलबार (आज) बिहान साढे ८ बजे विराटनगरतर्फ जाँदै गरेको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका पैदलयात्री स्थानीय ६० वर्षीय मजेबुल मियाँलाई ठक्कर दिँदा मियाँको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल लगिएकोमा उपाचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालक भारत मझपुरका ५९ वर्षीय बिन्देश्वर रामलाइ इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post