Tuesday, June 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘बरु त्यसबेला ट्याक्टरले किचेरै मारिदिएको भए सकिजान्थ्यो, दशाले यस्तो बनायो…’

ट्याक्टरको ठक्करबाट शक्त घाइते भई डेढ वर्षदेखि ओछ्यानमा परेका बस्नेतलाई उपचारवापतको पैसा र क्षतिपूर्ति कसले दिने ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०७९
in टाकुरा विशेष, समाचार
0
‘बरु त्यसबेला ट्याक्टरले किचेरै मारिदिएको भए सकिजान्थ्यो, दशाले यस्तो बनायो…’
226
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : ‘डेढवर्षसम्म एउटा ओछ्यानलाई नै संसार मानेर बस्नु सामान्य कुरा होइन । यो सपना पनि होइन । यो त धेरै कठीन भएको छ,’ विराटनगर ६ मा डेरा गरी बसोबास गरिरहेका माधव बस्नेतले आफ्नो पीडा सुनाए ।

मोटरसाइकलमा यात्रारत उनलाई डेढ वर्ष अगाडि सिरहाको लहानमा ट्याक्टरले ठक्कर दिएको थियो । त्यसयता उनको संसार एउटा कोठा अगाडि र ओछ्यानमा सीमित बनेको छ । ‘बेडबाट झर्न पनि सक्दिन ।

दिसा पिसाव यहीँ हुन्छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार थप गर्न सकेको छैन, उपचार गराउन नसकेको कारण मैले आर्थिक सहयोगको लागि सहयोगी हातहरूलाई आव्हान गर्दछु,’ उनी भन्छन् ।

त्यो दिनको घटना…

उनको लिभरमा क्यान्सर भएपछि २०७५ कार्तिकमा अपरेसन गरिएको थियो । त्यसको फलोअपका लागि काठमाडौंस्थित टिचिङ अस्पताल जानुपर्ने भयो । त्यसबेला कोभिडको महामारी थियो । टिचिङ अस्पतालको फलोअपबाट फर्किने क्रममा २०७७ पुस १ गतेका दिन सिरहा लहानको बयिया टोलमा उनी दुर्घटनामा परेका हुन् ।

‘त्यसबेला बेलुकाको ५ बजेको थियो होला,’ उनी सुनाउँछन् । दुर्घटनास्थलभन्दा करिब ५ सय मिटर अगाडि स्वराजको नयाँ ट्याक्टर जथाभावी कुदिरहेको बस्नेतले देखे ।

उनलाई एक मनमा डर लाग्यो, अर्को मनले भन्यो हाइवेमा कुदाउने मानिस व्यवसायिक नै होला । नजिकै आउन लागेपछि उनले बाइकको लुकिङ ग्लासमा हेर्दा पछाडिबाट खचाखच मानिसहरु राखेर बस आइरहेको देखे । त्यसपछि एक्कासी मोटरसाइकल साइडमा लान खोज्दै मात्र थिए । तर, त्यहीँ ट्याक्टर एक्कासी आएर उनलाई किचेर हुइँकियो ।

‘झिलिक्क बिजुली चम्केको अनुभूति भयो, संसार अँध्यारो भयो । त्यसपछि मलाई के भयो थाहा छैन,’ बस्नेत भन्छन्, ‘१५ दिनपछि थाहा भयो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गरिएको रहेछ ।’

उनलाई ठक्कर दिने ट्याक्टरका चालक शम्भु सदाय (२५/२६ वर्षको युवा) हुन् । भर्खरै ट्याक्टर सिक्दै गरेको सदायलाई ट्याक्टर चलाउन ट्याक्टरका मालिक राम एकवाल महतोले दिएका रहेछन् ।

उपचार खर्च नपाएको गुनासो…

दुर्घटनापछि आफूले अहिलेसम्म पूरापुर उपचार खर्च नपाएको उनी बताउँछन् । तत्कालै सानोतिनो चोट भएको सम्झेर प्रहरी प्रशासनको दबाबमा आएर उनीहरुले पटकपटक गरेर २ लाख १५ हजार रुपैयाँ दिए । त्यसपछि सम्पर्कमै आउन नचाहेको उनले बताए ।

पछि जिल्ला प्रशासन कार्यालय सिरहामा ६ लाख रुपैयाँ धरौटी राख्न लगाएर उनीहरुलाई ट्याक्टर छुटाइयो । पीडितलाई जानकारी नदिइ ट्याक्टर पनि छोडियो । अदालतले आफ्नो पक्षमा फैसला गर्यो भन्ने पनि उनले सुनेका छन् । तर, फैसलाको पूर्ण पाठ आफ्नो हातमा अझै आइसकेको छैन । सवारी चालकलाई साढे ४ वर्षको जेल सजाय भएको र सवारी धनीलाई त्यसको आधा सजाय सुनाइएको उनले बताए ।

तर, आफूलाई क्षतिपूर्ति दिनुको साटो उसले अदालतमा पुनरावेदनको तयारी गरिरहेको बुझेको बस्नेत बताउँछन् ।

बस्नेतले तत्कालिन सिडिओ प्रदीपराज कँडेललाई ८ लाख रुपैयाँ खर्चको बिल पेश गरेका थिए । पछि उपचारमा थप १२ लाख जति खर्च भएको उनको दाबी छ ।

‘अहिले पनि औषधि खाइरहनु पर्छ, ड्रेसिङ गरिरहनु पर्छ, अहिले पनि यस्तो अवस्था छ भने उसबेला झनै धेरै औषधि र उपचार गराउनु पथ्र्यो,’ बस्नेत भन्छन् । आफूले पेश गरेको खर्चको विषय र घाउको अवस्थाको विषयमा जिल्ला प्रशासन कार्यालयले चासो नदिएको उनको गुनासो छ ।

‘मैले उपचारमा लागेको क्षतिपूर्ति माग गर्दा प्रमुख जिल्ला अधिकारीले नै धरौटीमा राखेको ६ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति भराउन नसक्ने बताए,’ बस्नेत भन्छन्, ‘प्रशासन कार्यालयले मेरो पक्षमा कुरा गर्नुपर्नेमा पीडक पक्षमै लागेर उसले त्यति दिन सक्दैन, लानुहुन्छ भने धरौटी रकम लाने हो भने दिन्छु, होइन भने म अरु क्षतिपूर्ति भराउन सक्दिन भन्यो ।’

दुर्घटनामा परेर उनको दाहिने खुट्टाको हर कच्याककुच्युक भएको छ ।

उनलाई थप उपचार गर्न १० लाख रुपैयाँ बढी लाग्ने डाक्टरहरु बताउँछन् । ‘हर कच्याककुच्युक भएर सुकेको कारण स्टिलको हर बनाएर हाल्नुपर्ने डाक्टरहरुको सल्लाह छ,’ बस्नेत भन्छन्, ‘त्यसका लागि अझै १० लाखभन्दा बढी खर्च लाग्छ ।’

दुई महिना अस्पतालमा बसेर फर्किएका उनको अहिले पनि कम्मरदेखि मुनीको भाग चल्दैन । दाइने हातको औंला पनि चल्दैन ।

‘मेरो मिसेसले सबै थोक गरिरहेकी छिन् । दाहिने खुट्टा त छिन्न लागेको अवस्था थियो, यसलाई अड्याउन सिलाइ गरिएको छ । डेढवर्षसम्ममा वैशाखी टेकेर हिंड्न पनि सक्नु पर्ने हो । तर उपचार सोचेजस्तो सफल नभएको डाक्टरहरुले बताउने गरेका छन्,’ उनी सुनाउँछन् ।

उनले ट्याक्टरवालालाई १५ लाख खर्चको बिल बुझाइसकेका छन् । रकम भने नदिएको उनको गुनासो छ । सिडिओ कार्यालयले पछिल्लो समय गरेको त्रिपक्षीय छलफलमा अनौपचारिक रुपमा १५ लाख रुपैयाँ दिने सहमति भएको थियो ।

तर, त्यो पैसा व्यवस्थापनको लागि एक हप्ता समय मागेको भएपनि फेरि आलटाल गर्न सुरु गरिरहेको उनले बताए । ‘अहिले आएर त्यो सहमति नै भएको होइन भन्न थालेका छन्,’ बस्नेत भन्छन् ।

‘विराटनगरबाट आउँदा जाँदा एक पटकमा २० हजार बढी खर्च लाग्छ,’ बस्नेत गुनासो गर्दै भन्छन्, ‘त्यहाँको प्रशासन कार्यालयले गम्भीरतापूर्वक चासो दिएन, मलाई सहयोग गरेन, पीडितका लागि सरकार कहाँ रहेछ र ?’

क्षतिपूर्ति दिने विषयमा पनि अनेक सोर्स फोर्स लगाएर रोक्न खोजेको देखिएको उनी बताउँछन् ।

संविधान र कानूनका धारा उपधारा, दफा, उपदफाले उनलाई उपचार र क्षतिपूर्ति दिनुपर्ने मात्रै होइन सामाजिक पुनःस्थापनासमेत गराउनु पर्ने कुरा प्रष्ट भन्छ ।

तर, बस्नेतका लागि संविधानका धारा वा कानूनको दफा कुनै कार्यान्वयन भएको छैन । त्यही संविधान र कानून अनुसार बनेका राज्यका निकायले पनि उनको क्षतिपूर्ति भराउन सहयोग गरेको छैन ।

‘दुर्घटनास्थलदेखि अहिलेसम्म मेरो कुनै कमजोरी छैन, उनीहरु लाइसेन्स पनि नभएको मानिस मापसे गरेर ट्याक्टर चलाएका छन्, कानूनी प्रक्रियाको विषयमा पनि हामी काँही कमजोरी गरेका छैनौं,’ उनले भने, ‘अब मेरो लागि राज्य छ भने मलाई न्याय दिनुपर्छ कि पर्दैन ? ।’

विराटनगरमा बसेका उनले मासिक १० हजार भाडा तिर्छन् । उनकी श्रीमती स्वस्थानीले किराना पसल चलाउँछिन् । आफ्नो उपचार, स्याहार, सुसार गरेर चलाएको पसलले घरको भाडा १० हजार तिर्न पनि गाह्रो परेको उनले सुनाए ।

बस्नेतले अहिले प्रमुख जिल्ला अधिकारीलाई भन्ने गरेका छन् ‘अन्तिम निर्णय दिनुहोस्, कि त क्षतिपूर्ति भराइदिनु होइन भने म सक्दिन भन्नुहोला भनेको त्यो पनि गर्न सक्दैनन् ।’ उमेरले ५० वर्ष पुगिसकेका बस्नेत आफू एउटा हात र औंला चलाउन जान्ने भएकोले कम्प्युटरसम्बन्धी कुनै काम गर्न पाएपनि रोजीरोटी हुन्थ्यो कि भन्ने आशामा छन् ।

‘कुनै दाताले व्हील चियर दिए पनि यसो बजारतिर हिंडडुल गरेर केही गर्न सक्थें कि ?,’ उनी भन्छन् ।

छोरा–छोरी पढाउन नपाएको गुनासो

छोराले प्लस टु पास गरेर काठमाडौं गएका छन् । ‘उसलाई पढाउने खर्च पनि दिन सक्दिन । मेरो अवस्था सारै नाजुक भयो,’ गहभरी आँशु पार्दै उनी सुनाउँछन्, ‘छोरालाई विदेश पठाउनका लागि पनि पैसै चाहिन्छ, आफूसँग पैसै छैन…।’

उनको छोरी विराटनगरकै सत्यानारायण स्कुलमा कक्षा ८ मा पढ्छिन् । दुई छोराछोरी र आफ्ना श्रीमान्को स्याहार गर्दै घर धान्नुपर्ने दबाबमा छिन् स्वस्थानी बस्नेत । ‘धेरै गाह्रो भयो, नखाएको विष लाग्यो, दैवले पनि अन्याय गर्यो,’ उनी भन्छिन्, ‘हाम्रोलागि गरिदिने र बोलिदिने मानिस पनि कोही भएन । न्याय पाइएन ।’

ओछ्यानमा पल्टिरहेका उनलाई उठाउनु पर्यो भने छरछिमेकको सहयोग लिने गरेको उनी बताउँछिन् ।

बस्नेत भन्छन्, ‘मैले उपचारको लागि पनि मिटरब्याजमा पैसा खोज्नु पर्यो । त्यो पैसा अझै तिर्न सकेको छैन । आम्दानीको कुनै बाटो छैन, कसरी जीन्दगी बिताउने होला,’ बस्नेत भक्कानिन्छन्, ‘बरु त्यसबेला किचेरै मारिदिएको भए सकिजान्थ्यो दशाले यस्तो बनायो ।’

Tags: #विराटनगरअर्जुन आचार्यटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’
विविध

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

विराटनगर : कोशी प्रदेशमा पर्यटकको सुरक्षा, संरक्षण र सहजीकरणलाई प्रभावकारी बनाउन सातदिने ‘पर्यटक प्रहरी अनुशिक्षण’ तालिम सुरु गरिएको छ। प्रदेश...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

विराटनगर : कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत विभिन्न जिल्लाबाट २२ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट १८...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३
गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

असार २, २०८३
झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

असार २, २०८३
बलात्कार गर्नेलाई १६ बर्षसम्म कैद सजाय हुने सरकारको अध्यादेश

सङ्खुवासभा कारागार हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैद

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

असार २, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३
गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

असार २, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.