संखुवासभा : अरुण तेस्रोमा कार्यरत मजदुरको शंकास्पद मृत्यु भएको भन्दै परिवारले चारदिनसम्म शव बुझ्ने मानेका छैनन् ।
गत शनिबार कैलालीको लम्कीचुवा नगरपालिका ३ चिसापानीका ५० बर्षिय अमरबहादुर महतारा अरुण तेस्रोको ड्याम साइड फ्याक्सिन्दा क्याम्प नजिकै मृत अवस्थामा फेला परेका थिए ।
संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो आयोजनाको ड्याम साइड मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा कार्यरत मजदुर अमरबहादुर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
शनिबार मृत फेला परेको अमरबहादुरको शव आफन्तले बुझ्न नमानेपछि चार दिनदेखि जिल्ला अस्पतालमै छ ।
अरुण तेस्रोमा कार्यरत उनको शंकास्पद मृत्यु भएको भन्दै आफन्तले चार दिनसम्म शव बुझ्न मानेका छैनन् । आफ्नो श्रीमानको शंकास्पद मृत्यु भएको भन्दै कैलालीबाट श्रीमती संखुवासभा आइपुगेकी छन् ।
उनले श्रीमानको घटनाबारे गम्भीर अनुन्धान हुनुपर्ने माग राखेकी छन् । शनिबार दिउँसो मृत फेला परेका अमरबहादुरको शव प्रहरीले जिल्ला अस्पतालमा ल्याएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज कोइरालाले जानकारी दिए ।
अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजार भन्दा बढी मजदुर कार्यरत छन् ।














Discussion about this post