इटहरी : प्रदेश १ सरकारले इटहरीको टेङ्ग्रा खोलालाई बूढीखोलामा मिसाउनका लागि अध्ययन गर्न बजेट बिनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बुधबार (आज) आर्थिक वर्ष २०७९।८० को बजेट भाषण गर्दै इटहरीको टेङ्ग्रा खोलालाई बूढीखोलामा मिसाउनका लागि अध्ययन गर्न बजेट बिनियोजन गरिएको बताए ।
उनले इटहरी र धरानको गुरु योजना बनाउनका लागि बजेट विनियोजन गरेको र इटहरीको टेङ्ग्रा खोलालाई बूढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विजियोजन गरेको जानकारी दिए ।
प्रदेश सरकारले प्रदेश १ का लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशभर एक सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन भएको छ ।
यस्तै, कृषि क्षेत्रको विकासका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन गरिएको छ ।














Discussion about this post