मोरङ : जिल्ला प्रहरी कार्यालय मोरङले चारजना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जिल्ला अदालत मोरङको विभिन्न मितिको फैसला अनुसार जबरजस्ती करणी तथा चोरी मुद्दामा कैद तोकिएका चारजना छन् ।
जबरजस्ती करणी मुद्वामा ९ वर्ष १० महिना २२ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पथरीशनिश्चारे नगरपालिका ९ का ३१ वर्षीय मुकविर राई, जबरजस्ती करणी उद्योग मुद्दामा ३ वर्ष ५ महिना ३ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका ४ का २५ वर्षीय मेघनाथ यादव छन् ।
यस्तै, सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना १५ दिन कैद र ३२ हजार जरिवाना तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका ५ का ४५ वर्षीय गरीब ऋषिदेव र चोरी मुद्दामा २ महिना १० दिन कैद र दुई हजार जरिवाना तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका ९ का २३ वर्षीय लक्ष्मण मण्डल रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो ।
पक्राउ परेका चारैजनालाई मोरङ जिल्ला अदालतमा हाजिर गराएर कैद भुक्तानको कारागार चलान गरिएको छ ।














Discussion about this post