पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका ७ मा मोटरसाइकल दुर्घटनामा परी ३६ वर्षीय युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हिलिहाङ ४ का रमेश योङया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनलाई शुक्रबार बिहान ८ बजे हिलिहाङ ७ को एकचेपा नजिकैको भीरमा अड्किएको अवस्थामा भेटिएको र उद्वार गरेर उपाचारका लागि पाँचथर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
योङया बिहीबार साँझ ५ बजे पल्सर मोटरसाइकल लिएर घरबाट सदरमुकाम फिदिमतर्फ जाँदै थिए । उनी फिदिम आइनपुगेपछि खोजी गर्ने क्रममा उनलाई भीरमा लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post