सुन्दरहरैँचा : उद्योग बाणिज्य संघ सुन्दरदुलारीको अध्यक्षमा जीवनप्रसाद ढुंगाना निर्विरोध चयन भएका छन् । छैठौँ साधारण सभाले ढुंगानाको अध्यक्षतामा उद्योग वाणिज्य संघ सुन्दरदुलारीको नयाँ नेतृत्व चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा लुबराज आचार्य, द्दितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद धमला, महासचिवमा खड्गबहादुर श्रेष्ठ, सचिवमा रमेश थापा र कोषाध्यक्षमा बद्री पेश्कर चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा यसोन श्रेष्ठ, कमला ओझा, नेत्रप्रसाद दुलाल, अम्बिका गिरी, प्रकाश सिग्देल, कमलप्रसाद दाहाल र उमेश वस्ती चयन भएका छन् ।














Discussion about this post