इटहरी : इटहरी १५ की १६ बर्षिया बालिका अस्मिता चौधरीको भारतबाट उद्वार गरिएको छ । उनी गत बैशाख ३० गतेदेखि बेपत्ता भएकी थिइन् ।
नेपाल प्रहरी, भारतको एन्टी ट्राफिकिङ सेल, भारतीय प्रहरी र साना हात संस्थाको समन्वयमा उनलाई भारतको पञ्जाब राज्यको सीमा क्षेत्रबाट उद्वार गरिएको हो ।
चौधरीलाई अहिले भारतकै एक सेफ हाउसमा राखिएको छ । उनको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । उनलाई लिन इटहरीबाट आफन्त र प्रहरी बुधबार भारत जादैँछ ।
परिवारका अनुसार आफ्नै काका लालु चौधरीले अस्मितालाई झारफुक गर्ने झाक्रीसँग फूलपाती सेलाउन कोशी नदी जान करकाप गरेको र विराटनगरका झारफुक गर्ने दिनेश मण्डलले बाइकमा राखेर कोशी लगेका थिए ।
सोही दिनदेखि उनी घर नआएकाले खोजीका लागि परिवारले अपिल गरिएको थियो । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रवीन्द्र थापाका अनुसार बालिकाका काका लालु प्रहरी हिरासतमा छन् ।












Discussion about this post