विराटनगर : विराटनगर महानगरपालिका १२ बखरीमा करेन्ट लागेर स्थानीय ३३ वर्षीया सुनिता चौधरी (माझी) को मृत्यु भएको छ ।
को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी माझीलाई तत्काल उपचारको लागी कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post