विराटनगर : विराटनगर महानगरपालिका १५ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाट सीमा क्षेत्रबाट प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भइ हाल झापाको बिर्तामोड नगरपालिका ५ मा डेरा गरी बस्ने २३ वर्षीय हिराकुमार सहनी र बाराको कोल्वी नगरपालिका ४ की १९ वर्षीया सिरिसासिंह महथा रहेका छन् ।
उनीहरूले असार ५ गते बेलुकी ७ बजे विराटनगरको रानी सीमा क्षेत्रबाट झापा बिर्तामोडकी १३ वर्षीया नाबालिकालाई भारततर्फ लैजादैँ गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको अनुसन्धानको क्रममा बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजादैँ गरेको खुल्न आएको छ ।
पक्राउ परेका दुवैजनाको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post