इलाम : इलामको माङसेबुङ गाँउपालिका २ दहगाँउस्थित भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलाम माङसेबुङ गाँउपालिका ६ का ५० वर्षीय प्रकाश राई रहेका छन् ।
आज (आइतबार) दिउँसो १२ बजे पाँचथरको रबिबाट झापाको दमकतर्फ आउँदै गरेको मे १ ज ४८७ नं. को बोलेरो गाडी सडकबाट अन्दाजी २०० मिटर तल झरेर दुर्घटना भएको हो ।
दुर्घटनामा बोलेरो चालक तत्काल फरार रहेकोले खोजतलास तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post