धरान : सुनसरी उद्योग वाणिज्य संघको असार २० गते हुने निर्वाचनमा विजय श्रेष्ठ प्यानलले आफ्नो प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ ।
धरानमा पत्रकार सममेलन गर्दै श्रेष्ठ प्यानलले आफ्नो प्रतिबद्वता सार्वजनिक गरेको हो ।
यस्तै, सुनसरी उद्योग वाणिज्य संघका पाँच पूर्व अध्यक्षहरुले साझा उमेदवार समेत घोषित गरेका छन् ।
पूर्व अध्यक्ष मोहनकाजी शाक्य, राजेन्द्र शाह, सरोज श्रेष्ठ, विजय डाँगा, खजान्चीदास अग्रवाल लगायतले समर्थन दिएको जनाएका थिए ।
अध्यक्षका उम्मेदवार रहेका श्रेष्ठले धरान ६ पानबारीमा प्रस्तावित औद्योगिक ग्राम स्थापना हुने योजनालाई प्राथमिकताका साथ पहल गर्नेदेखि अन्य विभिन्न प्रतिबद्धता सार्वजनिक गरे ।
उनले आफ्नो प्रतिबद्धतापत्रमा उद्योगी, व्यवसायी, व्यापारीको नीतिगत तथा व्यवहारिक समस्याहरूको समस्याको समाधान गर्दै यस क्षेत्रको आर्थिक विकासमा नेतृत्वदायी भूमिका रहने जनाएका छन् ।
यस्तै, धरान, सुनसरी र आसपास क्षेत्रको विगतको व्यापारिक शाखालाई पुनस्थापना गर्ने र सुनसरीमा थप लगानी वृद्धि गर्न सहजीकरण गर्ने काममा आफ्नो टिमको प्राथमिकता रहेको जनाएका छन् ।
श्रेष्ठको समूहमा उद्योगतर्फ पियुषराज आचार्य, प्रभाव खतिवडा, महेन्द्र प्रधान, विष्णु बराल, वाणिज्यतर्फ किसन मास्के, जयप्रकाश शर्मा, विवेक अग्रवाल, मनोजकुमार अग्रवाल तोदी, रविकुमार राई, राजेश श्रेष्ठ, शैलेशकुमार आचार्य, शशी शाह, वर्षा अग्रवाल श्रेष्ठ रहेका छन् ।
यस्तै, वस्तुगततर्फ नविनकुमार तामाङ, रामस्वरुप शर्मा रहेका छन् ।














Discussion about this post