धरान : सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठ निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत राजेन्द्र शर्माका अनुसार कुल खसेको २,२७८ मतदातामध्ये श्रेष्ठले १,२२५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनी नेपाली कांग्रेस निकट हुन् ।
उनका निकटतम प्रतिद्वन्दी शिवराज श्रेष्ठले ६३६ मत प्राप्त गरे । उनी एमाले निकट हुन् । यस्तै, पूर्व अध्यक्ष समेत रहेका पवन अग्रवालले ३३३ मत प्राप्त गरे ।
यस्तै, उद्योगतर्फ विजय श्रेष्ठ प्यानलका पीयुषराज आचार्यले ५७८, प्रभाव खतिवडाले ५३० मत, महेन्द्र प्रधानले ५२१ मत र विष्णु बरालले ४९३ मत प्राप्त गर्दै विजयी भए । यस्तै, एमाले निकटका शिवराज श्रेष्ठ प्यानलका भोला श्रेष्ठले ४१५, चन्द्रप्रसाद बजगाईँले २८४ मत प्राप्त गरे ।
यस्तै, वस्तुगततर्फ विजय प्यानलका रामस्वरुप शर्मा र शिवराज प्यानलका पदमप्रसाद लिम्बू विजयी भएका छन् ।
यसअघि एसोसिएटतर्फ ३ सदस्यको लागि ३ जनाको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले सर्वसम्मत चयन भएको घोषणा गरेको थियो । सर्वसम्मत हुनेहरूमा गोपाल श्रेष्ठ, अशोक जैन र राजु शाह रहेका छन् ।
यस्तै, वाणिज्यतर्फ उपेन्द्र चाम्लिङ, किसन मास्के, जयप्रकाश शर्मा, नवीन राजभण्डारी, मनोजकुमार अग्रवाल, राजेश अग्रवाल, शैलेशकुमार आचार्य र शशी साह निर्वाचित भएका छन् । यस्तै, वाणिज्यतर्फको महिला सदस्यमा वर्षा अग्रवाल निर्वाचित भएकी छन् ।















Discussion about this post