संखुवासभा : संखुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार संखुवासभाको चैनपुर नगरपालिका १० स्थित लेगुवा खाँदबारी सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका हुन् ।
शुक्रबार (आज) दिउँसो १ बजे को २ त ३९६१ नम्बरको ट्याक्टर मलामी बोकेर पिलुवा खोलामा पुगेर फर्किदैँ गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा सवार ४४ जना घाइते भएका थिए । प्रहरीका अनुसार दुर्घटनाबाट घाइते भएकाहरूलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारको क्रममा चैनपुर १० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर ९ का ४६ वर्षीय केशव कार्कीको मृत्यु भएको हो ।
ट्याक्टर चालक मोहनकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post