इटहरी (डेस्क) : मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार विराटनगर महानगरपालिका १४ मा ना ६ ख १८३४ नम्बरको ट्याङ्करले साइकलमा बाटो क्रस गर्दे गरेका विराटनगर १३ का ५५ वर्षीय विजय बानियाँलाई ठक्कर दिंदा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका बानियाँको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका ४ मेची हाईवेमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे १ ह ४६४४ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिंदा घाइते भएका अटो चालक बुद्धशान्ति गाउँपालिका ७ का ४१ वर्षीय भानु खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














Discussion about this post