इटहरी : इटहरीमा पछिल्लो केहीदिनयता झ्याप्प–झ्याप्प विद्युत अवरुद्व हुने गरेको छ ।
विद्युत् आउने, जाने टुङ्गो नभएका कारण यसको समाधानको माग गर्दै विद्युत प्राविधकरणमा निवेदन दिइएको छ ।
इटहरी १९ निवासी धनबहादुर पुरीले बुधबार विद्युुत प्राधिकरण इटहरीका प्रमुख सुरेन्द्र साहलाई लो भोल्टेज तथा विद्युत अवरुद्वको विषयमा तत्काल समाधान हुनुपर्ने माग राख्दै निवेदन दिएका हुन् ।
पुरीले भने, ‘भोल्टेज एकदमै लो भएका कारण पंखा, फ्रिज, टिभी जस्ता इलेक्ट्रोनिक सामान नै नचल्ने, चलेपनि बिजुली आउनेजाने हुने हुँदा जल्नै नै समस्या हुने गरेकाले आज कार्यालय प्रमुखलाई यसको समाधानको माग गरिएको हो ।’
उनले इटहरी १९ को जब्दी र भवानीपुरस्थित सेहराको टान्सफर्मरलाई अपग्रेड गर्दै दुईवटै पावर टान्सफर्मर नयाँ जडान गर्नुपर्ने माग राखे ।
विद्युतको लो भोल्टेज भएका कारण उपभोक्तालाई सहज वातावरण बनाउनुपर्नेमा उनको जोड थियो ।
‘हामीले समस्या राखेपछि कार्यालय प्रमुखबाट पानी नपरेका कारण समस्या भएको भन्ने कुरा आएको छ,’ उनले भने, ‘समस्या व्यक्तिवादी बन्दापनि सामाजिक समस्या रहेकाले यसको तत्काल निरुपण हुनुपर्छ भन्ने माग राखेका छौँ ।’
पछिल्लो समय इटहरी क्षेत्रमा विद्युतको भोल्टेजकै कारण पानीको मोटर नचल्ने, फ्रिज, पंखा जस्ता इलेक्ट्रोनिक सामाग्रीहरू नचल्दा सेवाग्राहीहरू आजित छन् ।












Discussion about this post