विराटनगर : विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न सुनसरीका दुई युवकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका ९ का १८ वर्षीय मोहमद सलाउदिन, ३४ वर्षीय मोहमद नसुरदिन, विराटनगर महानगरपालिका ४ का २२ वर्षीय नवीन माझी र विराटनगर ८ का २५ वर्षीय मोहमद हजरत रहेका छन् ।
चारै जनालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुले विभिन्न समयमा विराटनगर ४ स्थित नोबेल शिक्षण अस्पतालको कम्पाउन्ड तथा सामुदायिक मेडिकल हल अगाडिबाट मोटरसाइकल चोरी गरेको खुलेको छ ।
पक्राउ परेकाहरुले को ६ प ६८०२, प्रदेश १–०१–०१३ प ४५०७ नम्बरको र एउटा अनटेस्ट पल्सर मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post