मोरङ : मोरङको बेलबारी नगरपालिका ९ मा करेन्ट लागेर ६५ वर्षीय सिंहबहादुर दर्नालको मृत्यु भएको छ ।
आफ्नै घरको भान्सा कोठाको बल्ब मिलाउने क्रममा वृद्धलाई बुधबार (आज) दिउँसो १ बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अुनसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।












Discussion about this post