इटहरी : सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका ४ मा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ईनरुवाबाट लौकहीतर्फ जाँदै गरेको बीआर ११ पीबी ८०१२ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको ना ६३ प।४०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका मोटरसाइकल चालक बर्दिबास नगरपालिका ६ धनुषाका ३० वर्षीय बालकृष्ण राना मगरको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, झापाको कमल गाउँपालिका ५ पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क २१२ नम्बरको टिपरले साइकलयात्री तुम्बेवा गाउँपालिका ५ पाँचथरका १६ वर्षीय सञ्वीप ईम्सम लिम्बूलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।














Discussion about this post