इटहरी : सप्तकोसीको बाढीबाट पीडित भएकाहरूलाई प्रदेश १ सरकारले राहत वितरण सुरु गरेको छ ।
उदयपुरको बेलका नगरपालिकाको विभिन्न स्थानमा सप्तकोसी नदीको बाढी प्रवेश गर्दा विस्थापितलाई प्रदेश सरकारसहित विभिन्न क्षेत्रबाट राहत वितरण गर्न सुरु भएको हो ।
बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङसहित प्रदेश नम्बर १ सरकारसहितका विभिन्न निकायबाट बाढीबाट विस्थापितलाई राहत उपलब्ध गराइएको छ।
उपमेयर जीरा राईका अनुसार जिल्ला प्रशासनबाट बाढी पीडितको लागि चाउचाउ, पानी, म्याट, भुजा, बिस्कुटसहितका सामग्री उपलब्ध गराइएको छ। प्रदेश १ सरकारबाट चामल, दाल, खाने तेल र नुन सहयोग उपलब्ध गराइएको छ ।














Discussion about this post