मोरङ : बिराटनगर महानगरपालिका ८ बालगोपाल टोल मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शनिवार राती स्थानीय ३० बर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए ।
करेन्ट लागेर गम्भिर घाईते भएका मुखियालाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगेर उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ ।












Discussion about this post