भोजपुर : भोजपुरमा मोटरसाइकल चोरीमा सलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न ठाउँबाट पक्राउ गरी आइतबार (आज) पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको हो ।
पक्राउ पर्नेमा सखुवासभा चैनपुर नगरपालिकाका २६ वर्षीय चिनी भन्ने निराजन गौतम, सखुवासभाकै पाचखपन नगरपालिकाका ३ का २५ वर्षीय टीकाराम तिवारी, सोही नगरपालिका २ का २८ वर्षीय रबिकिरण राई रहेका छन् ।
यस्तै, खाँदबारी नगरपालिका ७ का २५ वर्षीय मौषम आले मगर, सभापोखरी गाउँपालिका ३ का उपेन्द्र तामाङ र खाँदबारी नगरपालिका १ का ४० वर्षीय रोहितमान राई पक्राउ परेका छन् ।
मोटरसाइकल चोरीका मुख्य योजनाकार सखुवासभाको पाचखपन नगरपालिकाका ३ का बमबहादुर न्यौपानेलाई भोजपुर ल्याउने तयारी भइरहेको छ ।
३ थान २५० सिसीको बजाज कम्पनीको पल्सर र एक थान १६० सिसिको अपाची मोटरसाइकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरिक्षक डीएसपी राजकुमार राईले जानकारी दिए ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post