रामधुनी : सुनसरीको रामधुनी नगरपालिका ३ स्थित दतकिच खोलाको पानीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
सोमबार (आज) दिउँसो पौने १२ बजे स्थानीय ३२ वर्षीय मग्न साहुको डुबेर मृत्यु भएको हो ।
खोलामा हात खुट्टा धुने क्रममा अचानक पानीमा डुबेर बेहोस भएका उनको तत्काल उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post